Pages

Subscribe:

Thursday, March 1, 2012

"बाबुराम अब राष्ट्रिय पोसाक धोती बनाऊ"ll.

ढिँडो-गुन्द्रुक हैन अब बाबुराम

राष्ट्रिय खाना दाल-रोटी बनाऊ l

दौरा-सुरवाल हटाई हालेउ बाबुराम

अब राष्ट्रिय पोसाक धोती बनाऊ l


गाई पनि किन चाहियो बाबुराम?

भैँसी पुज्ने क्रान्तिकारी लाई l

महिलाको पोसाक बनाईदेउ मिनिस्कर्ट बाबुराम

हटाई देउ चोलो-साडीलाई l

 

सिम्रिक पनि हैन अब बाबुराम

राष्ट्रिय रँग कालो बनाऊ l

सुक्न न देउ जनताको घाऊ बाबुराम

दिनानुदिन आलो बनाऊ l

 

झण्डा फेर्ने माओवादी एजेन्डा हो बाबुराम

चन्द्र सूर्य अङ्कित झण्डा बदर गराऊ l

धेरै पर किन धाउँछौ बाबुराम ?
 
भारतीय तिरंगा लाई सदर गराऊ l

 

नेपाली भाषा फेरेर बाबुराम

जंगलीको जातै जनाऊ l

सत्ता,कुर्सी टिकाउन बाबुराम

राष्ट्रिय भाषा हिन्दी बनाऊ l

 

डाँफे पनि हैन अब बाबुराम

राष्ट्रिय चरा गिद्ध बनाऊ l

राष्ट्रियता मास्ने सम्भ्रान्ति हुन् बाबुराम

यो कुरालाई सिद्ध बनाऊ ll

 

 

umes

उमेश निरौला(मुन्ना)

इनरुवा-३,सुनसरी ll

(हाल-द.कोरिया)

No comments:

Post a Comment