Pages

Subscribe:

Saturday, February 25, 2012

उसैले भाइ भन्दा खेरी !!!



जवाफ केही फर्काएनन् उनले
मैले हाइ ! भन्दा खेरी
मरे तुल्य हुँदो रहेछ जीवन
जसलाई मन पराउँथे, उसैले ' भाइ ' भन्दा खेरी !!


मन भित्र सजाएर राखेको थिए तिमिलाइ,
बाहिर मुखले भन्न न सकेको मात्र हो !
मेरो माया देखाउने कोसिस धेरै चोटि गरे,
तर तिम्रो भित्री मनले न देखेको मात्र हो !!

जीवनमा कति पिडा हुँदो रहेछ था पाए,
उसलाई माया दिँदा उसैले ' नाई ' भन्दा खेरी !
मरे तुल्य हुँदो रहेछ जीवन
जसलाई मन पराउँथे, उसैले ' भाइ ' भन्दा खेरी !!

जहाँ जान्छौ, जहाँ बस्छौ रमाउनु यसै गरी,
म अभागी चाही तिमीलाई सम्झि रहन्छु सधैं भरी,
सम्झना त आइ रहन्छ होला तिमीले छोडेर गएपनि !
माया म गरि रहन्छु, तिमी जति टाढा भए पनि !!

सारै गाह्रो हुँदो रहेछ,
आखा भरी आँसु बोकी तिमीलाई ' बाइ ' भन्दा खेरी
मरे तुल्य हुँदो रहेछ जीवन
जसलाई मन पराउँथे, उसैले ' भाइ ' भन्दा खेरी !!
जवाफ केही फर्काएनन् उनले
मैले हाइ ! भन्दा खेरी
मरे तुल्य हुँदो रहेछ जीवन
जसलाई मन पराउँथे, उसैले ' भाइ ' भन्दा खेरी !!
lkl

लेखक
लक्ष्मण गुरुङ
पोखरा नेपाल
मेरो बाल्याकालमा घटेको घटनालाई अहिले सम्झँदा हाँसो लाग्यो र त्यसलाई नै  रमाइलो पारामा २ शब्द कोरेको मात्र हुँ।
धन्यवाद !

Thursday, February 23, 2012

निकिता ( लिमिसा )

2011-12-15 13.27.13

कोही भन्छन् निकिता मलाइ कोही भन्छन् निलम,
पढी लेखी ठूली भइ गर्छु राम्रो इलम !

आमाको त्यो सोच अनि बाबाको त्यो लक्ष्य,
सफल पार्छु भविष्यमा अठोट यो अबस्य !!

पाउन सकूँ सधैं भरी यहाँ हरुको आशीर्वाद र माया,
दिन सकूँ खुसियाली बनि शीतल छायाँ !!

सुन्दर नगरी पोखराकी पोखरेली म छोरी,
चाहे भन्नुस् काली मलाई या त भन्नुस् गोरी !!

माछापुच्छ्रे सान मेरो ताल बराही मान,
विन्ध्यवासिनी र शान्ति स्तूपले गर्छन् सबैको रक्षा ज्यान !!

पुर्ख्यौ देखी यही देशमा नाम रचिए भृकुटी र सीता,
यगौं युग अमर पार्छु मेरो नाम निलम निकिता !
यगौं युग अमर पार्छु मेरो नाम निलम निकिता !!
यगौं युग अमर पार्छु मेरो नाम निलम निकिता !!!

nilam
nikira nilam453

मेरो साथी लक्ष्मणको छोरी निकिताको लागी लेखेको यो २ शब्द।
अहिले त साथीले आफ्नो छोरीको नाम लिमिसा राखेको छ रे

धन्यवाद

---------आमा मैले केही गर्न सकिन-----------

 

सत्ता,शक्ति र सम्पत्तिका लागी दाजु भाइ मार्न सकिन.
जति गरे पनि सिंहदरबार आफ्नो अंशमा पार्न सकिन.
कुर्सी मोह त्याग गरी समयमै संविधान बनाउन सकिन.
राजनीतिको फोहोरी खेलमा डुङडुङती गनाउन सकिन.

जनताप्रति को प्रतिबद्धता यथार्थतामा जनाउन सकिन.
राष्ट्र कब्जा गर्ने खालको नियत पनि बनाउन सकिन.
एउटा जाबो कुर्सीको लागी देश नै ठप्प पार्न सकिन.
निमुखा ती जनतालाई भोक भोकई मार्न सकिन.

बुद्धिजीवी,सुकिला मुकिला कसैलाई गाली गर्न सकिन.
गरिब हरुको मर्म बुझ्दै महँगो पलंगमा लम्पसार पर्न सकिन.
बन्दुकको बलमा जनतालाई तर्साउन सकिन.
धम्कीको भरमा करोडौं को चन्दा बर्साउन सकिन.

लुटेको जनधनले पार्टीको भकारी भर्न सकिन.
आफ्नै सहकर्मीको विश्वासमा पनि म पर्न सकिन.
हिन्दुत्व मेट्न सकिन,गाईको घाँटी रेट्न सकिन.
हातै जोडी लम्पसार पर्दा नि प्रभुको आशीर्वाद भेट्न सकिन.

जन हत्यारालाई राष्ट्र पदकले सम्मानित पार्न सकिन.
शहीद र सहिद परिवारको आत्मा मा लात मार्न सकिन.
विदेशी प्रभुको पाऊ परी ज्यू हजूर भन्न सकिन.
यु एन र अनमिनको दलाल बनी हरियो डलर गन्न सकिन.

निर्माणाधीन हाइड्रो पावर वाईसीयल बनी रोक्न सकिन.
मेलम्चीका विदेशी ठेकेदारलाई खुलेआम ठोक्न सकिन.
हत्या हिंसा,मार काट,अन्याय अत्याचार रोक्न सकिन.
भ्रष्टाचारी ,तस्करीलाई काँधमा चढाई बोक्न सकिन.

दक्षिणी धार हुँदै बगेको बहावलाई मैले कतै रोक्न सकिन.
धोके बाज भारतीय सन्धि काखी च्यापी बोक्न सकिन.
ठाडो वैदेशिक हस्तक्षेप र सीमा अतिक्रमण रोक्न सकिन.
बुद्धको जन्मस्थल लुम्बिनी मेरो हो भन्नेलाई सलाम ठोक्न सकिन.

हस्ताक्षरित सम्झौता कार्यान्वयन नगरी जनतालाई ढाँट्न सकिन.
सहमति र सहकार्यका शब्दहरू पटक पटक थुक्दै चाट्न सकिन.
पुन संविधानसभाको म्याद थप्दै भत्ता पचाउन सकिन.
डुब्यो डुब्यो देश डुब्यो..........आमा मैले बचाउन सकिन.//

बटुल्दैछु अनौठो अनुभव बनेर म बाउ !!!

mero nikita poam

आज मेरो बगैँचामा एउटा सुन्दर फूल फुलेको छ ।
रात दिन त्यही फूल नियाल्दै मा मेरो मन भुलेको छ ।
निस्चल्,कञ्चन,मनमोहक यसको रुप रङ्,
जून तारा जस्तो देख्दा छाउँछ मनमा उमङ्ग ।
मायाको यो उपहार जीवनकै भयो अङ्ग
चञ्चल नयन,मीठो मुस्कान देख्दै पर्छु दङ्ग ।
बढ्यो अझै जिम्मेवारी,थपियो अभिभारा,
खुशी जति दिन्छु यसलाई संसार कै सारा ।
बोकूँ बोकूँ लाग्छ तर छैन बोक्ने ढङ्ग,
गाह्रो गार्है हुँदोरहेछ समाल्न यी कलिला अंग ।
थेगिँदैन शिर अहिले,टेकिँदैनन्, पाउ,
बटुल्दैछु अनौठो अनुभव बनेर म बाउ!!
बटुल्दैछु अनौठो अनुभव बनेर म बाउ !!!

copy ma nikita

मेरो साथी लक्ष्मण गुरुङ प्यारो छोरी निकिता (लिमिसा) गुरुङको बाउ हुँदा मैले लेखेको कबिता हो।

धन्यवाद!

Saturday, February 18, 2012

"खबरदार! बल्खु भित्र सिपि बन्न खोज्नेहरु!!"

पेरिस डाँडा सँगको मित्रता हत्याउने,
बल्खु सँगको सहमति लत्याउने.
पेरिस डाँडा तिर गोप्य सहमतिको दृष्टि तर्काउने,
अनि बल्खु तिर धनुष बाण फर्काउने.
(वाह!कमरेडको अर्जुन दृष्टि!)

कहिले डोको भित्र पसेर बाह्र बुँदे,
कहिले चाल्नी मुनि बसेर पाँच बुँदे
जता जता पेरिस डाँडा इसारा गर्छ
उतै उतै कमरेड अर्जुन दृष्टि लिएर कुदे
(सीपीको पराकाष्ठा......!)

फेरी आज बल्खु भित्र सिपिहरु गन्हाई रहेछन्,
ती नै गन्धे सीपीको आडमा
पेरिस डाँडेहरु बल्खुको आचारसंहिता बनाई रहेछन्
  नव निर्मित आचारसंहिताको पहिलो झल्को
केन्द्रीय र स्थाई कमिटीको बैठकमा देखियो
सहमतिमा एउटा कुरा लेखियो
तर ब्यबहारमा अर्कै देखियो.
कुहिएको दुर्गन्धित वस्तुलाई
बेलैमा उचित स्थानमा विसर्जन गराऊँ
नत्र हैजा फैलन सक्छ.....
होसियार!!बल्खु बासि हो !
पाँचौ महाधिवेशन पश्चात् झैँ पुन बल्खु मैलिन सक्छ.
पद लुप्त,अवसरवादी,बल्खुको मुटुमा छुरा घोप्नेहरू
  परीक्षाको घडीमा हातमा बुङ्गो बोक्नेहरू
भारी पल्ला पक्षाउदै समर्थनको ताली ठोक्नेहरू
खबरदार!खबरदार!!बल्खु भित्र सीपीको झण्डा बोक्नेहरू
जनताको बहुदलीय जनवाद ओझेलमा पार्न खोज्नेहरू
  जबर्जस्ती नौलो जनवाद अघि सार्न खोज्नेहरू
गोप्य रुपमा पेरिस डाँडा रोज्नेहरू
खबरदार! खबरदार!! बल्खु भित्र सिपि बन्न खोज्नेहरू.......!!
  इतिहासले अहमताको नतिजा पाना पानामा लेखाई दिएको छ
बल्खुले सीपीको वास्तविक औचित्य सर्बांगपारि देखाई दिएको छ
फेरी किन अन्धो भएर गुट-उपगुटका पछि कुदिरहेका छौ??
शत्रुको इसारामा नाच्दै आफू-आफूमै जुधिरहेका छौ???
यो प्रश्न गर्दैछन् आज साह्रा बल्खु बनाउनेहरू
उत्तर देउ बल्खु भित्र सिपि-सिपि गन्हाउने हरू!!!

उमेश निरौला(मुन्ना)
  इनरुवा-३,सोमबारे,
   सुनसरी.  

कसरी मनाउ म प्रेम दिवस ???

झुटो प्रेमको अभिनय गरी,मर्न बनाऊ छन् यहाँ विवश,
यस्तो स्वार्थी संसारमा कसरी मनाऊँ म प्रेम दिवस ?
भ्यालेनटाईनको योगदानलाई विसंगतिको रुप दिई,
विकृतिमा लतपतिएको कसरी मनाऊँ म प्रेम दिवस?
माया भन्ने शब्द जहाँ, सीमित रह्यो शब्दकोशमा,
आभास नभएको शब्दको नाउँमा कसरी मनाऊँ म प्रेम दिवस?
बिकाउ छ माया जहाँ,तौलिन्छ जुन तराजु मा,
राखेर सुन पल्ला माथि कसरी मनाऊँ म प्रेम दिवस ?
घात माथि प्रति घातको प्रतिस्पर्धा छ जगतमा,
नियालेर यो युद्धलाई,कसरी मनाऊँ म प्रेम दिवस ?
छल कपट नै बगेको हुन्छ,स्वार्थी हरुको रगतमा,
धमिलो रगत मुटुबीच बगाई कसरी मनाऊँ म प्रेम दिवस?
भ्यालेनटाईनको बलिदान त्यो,अर्थको नै अनर्थ भो,
खिल्ली उडाउँदै यथार्थताको कसरी मनाऊँ म प्रेम दिवस?
"झुटो प्रेमको अभिनय गरी,मर्न बनाऊ छन् यहाँ विवश,
यस्तो स्वार्थी संसारमा कसरी मनाऊँ म प्रेम दिवस" ?

लेखक
umes
उमेश निरौला(मुन्ना)
इनरुवा-३,सुनसरी,
हाल-दक्षिण कोरिया.