Pages

Subscribe:

Saturday, April 7, 2012

समग्र सिंगो नेपाल

म महाकालीको भाका खोजिरहेकोछु l 
म मेचीको पाखा खोजिरहेकोछु ll

द्व्न्दै द्व्न्दले ग्रस्त मेरो देशमा
म बुद्धका आँखा खोजिरहेकोछु ll

पार्टी-पार्टी र नेता-नेताका बिचमा
दृढ एकताको शाखा खोजिरहेकोछु ll

जनताका प्रतिनिधि सभासदहरु माझ
शान्ति र संविधानको खाका खोजिरहेकोछु ll

ढाली बिलिन भएका स्तम्भहरु छेऊ
म मेरो देशको सिमारेखा खोजिरहेकोछु ll

न मधेशी~~न पहाडी~~न हिमाली
म त समग्र सिंगो नेपालको लेखा खोजिरहेकोछु ll
 
umes
उमेश निरौला(मुन्ना)
इनरुवा-३,सुनसरी.
हाल-दक्षिण कोरिया ll
 

Saturday, March 17, 2012

के यहि हो मितव्ययिता र गणतन्त्र ???

2
उपचारको लागि  दुई लाख नभएर गाऊ गाउँमा गरिब नेपालीहरू अकालमा मरिरहेका छन् । एउटा पार्टीको नेता भएकै कारण उनीहरूका छोरा छोरीले सगरमाथा चढ्न राज्य कोष बाट दुई करोड पाउँछन् । औषधिको मुख हेर्न नपाई अकालमा मरिरहेका गरिवहरुलाई राज्यले वास्ता नगर्ने, नेताका छोरा छोरीको स्वार्थ पुरा गर्न मोज मस्तीको लागि गरिब जनताले तिरेको कर बाट पैसा छुट्याउने, के यहि हो गणतन्त्र ? प्रचण्ड पुत्रले सगरमाथा चड्न राज्यकोष बाट दुई करोड पाउँदा कालिकोटको माईला सुनुवारले सगरमाथा चड्न दुई करोड पाउने कि नपाउने ? प्रचण्ड पुत्र लाई मोज मस्ती गर्न दिने रकम रगत र मृगौला बेचेर आफ्ना सन्तानको दैनिक गुजारा टार्ने गरिब नेपाली लाई किन दिइँदैन ?
राष्ट्रको झण्डा बोकेर देशको नाम र सानको लागि सगरमाथा चढ्नेले सरकारलाई लाखौँ रुपैया रोयल्टी तिर्नु पर्छ, माओवादी पार्टीको झण्डा बोकेर सगरमाथा चढ्न लागेका प्रचण्ड पुत्र प्रकाश दाहाललाई भने उल्टै सरकारले दुई करोड रुपैया सहयोग गर्ने निर्णय गरेछ,मितव्ययिताको फुस्रो मन्त्र जप्दै डाक्टर भट्टराई ले गरेको अधिकार को यो दुरुपयोग तथा श्वेत भ्रष्टाचार प्रति मेरो घोर आपत्ति तथा विरोध छ l
(विशेष धन्यवाद:-स्वतन्त्र नागरिक तथा सूर्य त्रिपाठी ज्यू लाई) भ्रष्टाचारका विरुद्धमा आफ्ना आवाज बुलन्द बनाउँदै निकम्मा भट्टराई सरकारको यो घृणित कदमको सर्वत्र विरोध गरौँ l

उमेश निरौला(मुन्ना)
umes

Wednesday, March 7, 2012

सम्मानित हुँदा को क्षण…........

120305samman hnk1
कोरियाबाट सञ्चालित अनलाइन पत्रिका हेल्लो नेपाल कोरिया डट कमको प्रथम वार्षिकोत्सव कार्यक्रमको अवसरमा नेपाली राजदूतावासको सभा हलमा आयोजित एक समारोहका बीच सो वेभ पत्रिकामा लेख, रचना तथा समाचारहरू पठाएर सहयोग गर्नुहुने पत्रकार तथा साहित्यकारहरूलाई सम्मान गरिएको थियो । यसमा साहित्यकार विधामा म र अमृत अधिकारी लाइ सम्मान गर्नु भएको थियो। सोही क्रममा  नेपाली दूतावास(सउल,दक्षिण कोरिया)का कार्यवाहक राजदूत श्री राजाराम बर्तौला ज्यू बाट कदर पत्र प्राप्त गरेको थिए। हेल्लो नेपाल कोरिया डट कम ले यसरी हौसला बढाइदिनु भएकोमा हेल्लो नेपाल कोरिया डट कम परिवारलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु।
                                                                  उमेश निरौला ( मुन्ना)


उक्त कार्यक्रमको केही यादगार तस्विर हरु

नेपाली दूतावास(सउल,दक्षिण कोरिया)का कार्यवाहक राजदूत श्री राजाराम बर्तौला ज्यू बाट कदर पत्र लिदैं….
umesh

कार्यक्रममा २ शब्द बोल्दै
umesh 4
umesh2
umesh3 
धन्यवाद !

Friday, March 2, 2012

"उपास्नाको बानी"

(पिताम्बर र उमा को छोरी "उपास्ना" को बारेमा दोश्रो सौगात स्वोरुप बर्ष दिनको उपलक्षमा यो सानु उपहार)

418447_10150605083608544_720213543_8917201_1170766553_n[1]

हिजो जन्मे जस्तो लाग्छ,
बर्ष कि भै नानी l
सरसर्ती म केलाउँदै छु,
उपास्नाकै बानी l

तोते बोली सार्है मीठो,
बोल्छे मामु,बाबा l
मुख चलाको देख्नै हुन्न,
बोलि हाल्छे धावा l

आफैं खोसी खान पाए,
सार्है खुशी हुन्छे l
खोस्न आउँदा छक्काइ दिए,
रिसाउँदै रुन्छे l

बामे सरि कुद्न पाए,
खरायोको चाल l
दुइ/चार पाइला हिँड्न थाली,
समाउँदै दिवाल l

पाहुना पासा देख्न साथ,
दर्शन अघि सार्छे l
नक्कल गर्न सिपालु छे,
आँखा झिम झिम पार्छे l

कुकुर भुक्या सुनी भने,
उ पनि, भोउ भोउ गर्छे l
बिरालोले म्याऊँ गरे,
सार मा सार भर्छे l

चिलाउँदा हुन् दाँत बरा,
जे नि टोक्न खोज्छे l
आफू भन्दा ठूला ठूला,
सिराने पनि बोक्छे l

दंग पर्छौं त्यसै हामी,
उनको चर्तिकला हेरी l
सधैं यस्तो कहाँ देख्नु,
हुर्की गए फेरी l

 

umes

उमेश निरौला(मुन्ना)
दक्षिण कोरिया.

Thursday, March 1, 2012

---------" मित्रताको प्रतीक होली "--------

bijay vanja group

स्वच्छ होस बचन अनि मीठो होस बोली.
मित्रताको प्रतिक मानी सबैले मनाऊँ होली.

थरी-थरीका रंगहरु लाई एकै ठाउँमा घोली
मिलीजुली सबले मनाऊ सौहार्दताको होली.

मरी जाने जिन्दगीको दुई दिने यो चोली ,
पवित्र पर्नु आत्मा सबले,शुद्ध पार्नु बोली.

रीस-राग,बैरी-भाव अगेनामा पोली ,
फैलाउँदै जाऊ एक आपसमा एकताको झोली.

स्वछन्दताको प्रतीक हो सबैले मनाऊ होली.
मित्रताको प्रतीक हो सबैले मनाऊ होली.

holi

 

umes

उमेश निरौला(मुन्ना)
दक्षिण कोरिया.

"बाबुराम अब राष्ट्रिय पोसाक धोती बनाऊ"ll.

ढिँडो-गुन्द्रुक हैन अब बाबुराम

राष्ट्रिय खाना दाल-रोटी बनाऊ l

दौरा-सुरवाल हटाई हालेउ बाबुराम

अब राष्ट्रिय पोसाक धोती बनाऊ l


गाई पनि किन चाहियो बाबुराम?

भैँसी पुज्ने क्रान्तिकारी लाई l

महिलाको पोसाक बनाईदेउ मिनिस्कर्ट बाबुराम

हटाई देउ चोलो-साडीलाई l

 

सिम्रिक पनि हैन अब बाबुराम

राष्ट्रिय रँग कालो बनाऊ l

सुक्न न देउ जनताको घाऊ बाबुराम

दिनानुदिन आलो बनाऊ l

 

झण्डा फेर्ने माओवादी एजेन्डा हो बाबुराम

चन्द्र सूर्य अङ्कित झण्डा बदर गराऊ l

धेरै पर किन धाउँछौ बाबुराम ?
 
भारतीय तिरंगा लाई सदर गराऊ l

 

नेपाली भाषा फेरेर बाबुराम

जंगलीको जातै जनाऊ l

सत्ता,कुर्सी टिकाउन बाबुराम

राष्ट्रिय भाषा हिन्दी बनाऊ l

 

डाँफे पनि हैन अब बाबुराम

राष्ट्रिय चरा गिद्ध बनाऊ l

राष्ट्रियता मास्ने सम्भ्रान्ति हुन् बाबुराम

यो कुरालाई सिद्ध बनाऊ ll

 

 

umes

उमेश निरौला(मुन्ना)

इनरुवा-३,सुनसरी ll

(हाल-द.कोरिया)

--------------- सपना ( DREAM ) ------------.

सागर पारी क्षितिजमा आज उनलाई देखे,

चकमन्न मध्ये रातमा सन्देश पनि लेखे l

उर्लिएका छालहरुको विस्तार गर्दा गर्दै,

चन्द्रमा नै बिलिन भयो नजर पर्दा पर्दै l

----------------------------------------------

बर्सौँ पछि स्वोपनिल शहरमा मिलन हुँदै थियो,

मेरो जस्तै उनको पनि आत्मा रुँदै थियो l

स्पर्शमै प्रभात भयो,घण्टी बज्यो टिन्न,

आँखा खुल्दा ओछयानमा,मन भयो खिन्न l

------------------------------------------------

चिप्ला चिप्ला बाचा उनका मनमा गुन्दै थिए,

पल पलका स्मरणको माला उन्दै थिए l

च्वास्स घोच्यो सियोले अनि तप्प चुहियो रगत,

झसङ्ग ब्यूँझिए सपनाबाट शून्य थियो जगत l l

 

 

umes
उमेश निरौला(मुन्ना)

इनरुवा-३,सोमबारे,सुनसरी l

(हाल-द.कोरिया)

"अबोध वालक".

Photo0179

"अबोध वालक"

अबोध बालक हु म,

बिचार गर्नु आमा ले ।

अवाक्य छु म अहिले,

सुन्द्छु सब कान ले ।

बोल्दैछु केही आँखाले,

बुझिदिनु त्यही भाकाले ।

खेलौना मात्र हैन म्,

बोकी यसै रमाउन ।

प्रयोग नगर्नु मलाई,

केवल हाँसो जमाउन ।

काँचो माटो सरी छु म्,

नियाल्नु रुप रङ्ग्मा ।

अनौठो देखिए केही,

सुधार्नु बोक्ने ढंगमा।

राख्नु ख्याल सधैं मेरो,

यो लाल बाल पन को ।

बुझ्नु सबै कुरा मेरो,

अबोध,अवाक्य मन को ।

मात्रा मिलाई खुवाउनु,

मलाई पौष्टिक आहारा।

आज सेवा गरे मेरो,

भोलि दिनेछु साहरा।।

 

umes

मुन्ना निरौला,

इनरुव-३,सोमबारे ।

(हाल्-दक्षिण कोरिया)

Saturday, February 25, 2012

उसैले भाइ भन्दा खेरी !!!



जवाफ केही फर्काएनन् उनले
मैले हाइ ! भन्दा खेरी
मरे तुल्य हुँदो रहेछ जीवन
जसलाई मन पराउँथे, उसैले ' भाइ ' भन्दा खेरी !!


मन भित्र सजाएर राखेको थिए तिमिलाइ,
बाहिर मुखले भन्न न सकेको मात्र हो !
मेरो माया देखाउने कोसिस धेरै चोटि गरे,
तर तिम्रो भित्री मनले न देखेको मात्र हो !!

जीवनमा कति पिडा हुँदो रहेछ था पाए,
उसलाई माया दिँदा उसैले ' नाई ' भन्दा खेरी !
मरे तुल्य हुँदो रहेछ जीवन
जसलाई मन पराउँथे, उसैले ' भाइ ' भन्दा खेरी !!

जहाँ जान्छौ, जहाँ बस्छौ रमाउनु यसै गरी,
म अभागी चाही तिमीलाई सम्झि रहन्छु सधैं भरी,
सम्झना त आइ रहन्छ होला तिमीले छोडेर गएपनि !
माया म गरि रहन्छु, तिमी जति टाढा भए पनि !!

सारै गाह्रो हुँदो रहेछ,
आखा भरी आँसु बोकी तिमीलाई ' बाइ ' भन्दा खेरी
मरे तुल्य हुँदो रहेछ जीवन
जसलाई मन पराउँथे, उसैले ' भाइ ' भन्दा खेरी !!
जवाफ केही फर्काएनन् उनले
मैले हाइ ! भन्दा खेरी
मरे तुल्य हुँदो रहेछ जीवन
जसलाई मन पराउँथे, उसैले ' भाइ ' भन्दा खेरी !!
lkl

लेखक
लक्ष्मण गुरुङ
पोखरा नेपाल
मेरो बाल्याकालमा घटेको घटनालाई अहिले सम्झँदा हाँसो लाग्यो र त्यसलाई नै  रमाइलो पारामा २ शब्द कोरेको मात्र हुँ।
धन्यवाद !

Thursday, February 23, 2012

निकिता ( लिमिसा )

2011-12-15 13.27.13

कोही भन्छन् निकिता मलाइ कोही भन्छन् निलम,
पढी लेखी ठूली भइ गर्छु राम्रो इलम !

आमाको त्यो सोच अनि बाबाको त्यो लक्ष्य,
सफल पार्छु भविष्यमा अठोट यो अबस्य !!

पाउन सकूँ सधैं भरी यहाँ हरुको आशीर्वाद र माया,
दिन सकूँ खुसियाली बनि शीतल छायाँ !!

सुन्दर नगरी पोखराकी पोखरेली म छोरी,
चाहे भन्नुस् काली मलाई या त भन्नुस् गोरी !!

माछापुच्छ्रे सान मेरो ताल बराही मान,
विन्ध्यवासिनी र शान्ति स्तूपले गर्छन् सबैको रक्षा ज्यान !!

पुर्ख्यौ देखी यही देशमा नाम रचिए भृकुटी र सीता,
यगौं युग अमर पार्छु मेरो नाम निलम निकिता !
यगौं युग अमर पार्छु मेरो नाम निलम निकिता !!
यगौं युग अमर पार्छु मेरो नाम निलम निकिता !!!

nilam
nikira nilam453

मेरो साथी लक्ष्मणको छोरी निकिताको लागी लेखेको यो २ शब्द।
अहिले त साथीले आफ्नो छोरीको नाम लिमिसा राखेको छ रे

धन्यवाद

---------आमा मैले केही गर्न सकिन-----------

 

सत्ता,शक्ति र सम्पत्तिका लागी दाजु भाइ मार्न सकिन.
जति गरे पनि सिंहदरबार आफ्नो अंशमा पार्न सकिन.
कुर्सी मोह त्याग गरी समयमै संविधान बनाउन सकिन.
राजनीतिको फोहोरी खेलमा डुङडुङती गनाउन सकिन.

जनताप्रति को प्रतिबद्धता यथार्थतामा जनाउन सकिन.
राष्ट्र कब्जा गर्ने खालको नियत पनि बनाउन सकिन.
एउटा जाबो कुर्सीको लागी देश नै ठप्प पार्न सकिन.
निमुखा ती जनतालाई भोक भोकई मार्न सकिन.

बुद्धिजीवी,सुकिला मुकिला कसैलाई गाली गर्न सकिन.
गरिब हरुको मर्म बुझ्दै महँगो पलंगमा लम्पसार पर्न सकिन.
बन्दुकको बलमा जनतालाई तर्साउन सकिन.
धम्कीको भरमा करोडौं को चन्दा बर्साउन सकिन.

लुटेको जनधनले पार्टीको भकारी भर्न सकिन.
आफ्नै सहकर्मीको विश्वासमा पनि म पर्न सकिन.
हिन्दुत्व मेट्न सकिन,गाईको घाँटी रेट्न सकिन.
हातै जोडी लम्पसार पर्दा नि प्रभुको आशीर्वाद भेट्न सकिन.

जन हत्यारालाई राष्ट्र पदकले सम्मानित पार्न सकिन.
शहीद र सहिद परिवारको आत्मा मा लात मार्न सकिन.
विदेशी प्रभुको पाऊ परी ज्यू हजूर भन्न सकिन.
यु एन र अनमिनको दलाल बनी हरियो डलर गन्न सकिन.

निर्माणाधीन हाइड्रो पावर वाईसीयल बनी रोक्न सकिन.
मेलम्चीका विदेशी ठेकेदारलाई खुलेआम ठोक्न सकिन.
हत्या हिंसा,मार काट,अन्याय अत्याचार रोक्न सकिन.
भ्रष्टाचारी ,तस्करीलाई काँधमा चढाई बोक्न सकिन.

दक्षिणी धार हुँदै बगेको बहावलाई मैले कतै रोक्न सकिन.
धोके बाज भारतीय सन्धि काखी च्यापी बोक्न सकिन.
ठाडो वैदेशिक हस्तक्षेप र सीमा अतिक्रमण रोक्न सकिन.
बुद्धको जन्मस्थल लुम्बिनी मेरो हो भन्नेलाई सलाम ठोक्न सकिन.

हस्ताक्षरित सम्झौता कार्यान्वयन नगरी जनतालाई ढाँट्न सकिन.
सहमति र सहकार्यका शब्दहरू पटक पटक थुक्दै चाट्न सकिन.
पुन संविधानसभाको म्याद थप्दै भत्ता पचाउन सकिन.
डुब्यो डुब्यो देश डुब्यो..........आमा मैले बचाउन सकिन.//

बटुल्दैछु अनौठो अनुभव बनेर म बाउ !!!

mero nikita poam

आज मेरो बगैँचामा एउटा सुन्दर फूल फुलेको छ ।
रात दिन त्यही फूल नियाल्दै मा मेरो मन भुलेको छ ।
निस्चल्,कञ्चन,मनमोहक यसको रुप रङ्,
जून तारा जस्तो देख्दा छाउँछ मनमा उमङ्ग ।
मायाको यो उपहार जीवनकै भयो अङ्ग
चञ्चल नयन,मीठो मुस्कान देख्दै पर्छु दङ्ग ।
बढ्यो अझै जिम्मेवारी,थपियो अभिभारा,
खुशी जति दिन्छु यसलाई संसार कै सारा ।
बोकूँ बोकूँ लाग्छ तर छैन बोक्ने ढङ्ग,
गाह्रो गार्है हुँदोरहेछ समाल्न यी कलिला अंग ।
थेगिँदैन शिर अहिले,टेकिँदैनन्, पाउ,
बटुल्दैछु अनौठो अनुभव बनेर म बाउ!!
बटुल्दैछु अनौठो अनुभव बनेर म बाउ !!!

copy ma nikita

मेरो साथी लक्ष्मण गुरुङ प्यारो छोरी निकिता (लिमिसा) गुरुङको बाउ हुँदा मैले लेखेको कबिता हो।

धन्यवाद!

Saturday, February 18, 2012

"खबरदार! बल्खु भित्र सिपि बन्न खोज्नेहरु!!"

पेरिस डाँडा सँगको मित्रता हत्याउने,
बल्खु सँगको सहमति लत्याउने.
पेरिस डाँडा तिर गोप्य सहमतिको दृष्टि तर्काउने,
अनि बल्खु तिर धनुष बाण फर्काउने.
(वाह!कमरेडको अर्जुन दृष्टि!)

कहिले डोको भित्र पसेर बाह्र बुँदे,
कहिले चाल्नी मुनि बसेर पाँच बुँदे
जता जता पेरिस डाँडा इसारा गर्छ
उतै उतै कमरेड अर्जुन दृष्टि लिएर कुदे
(सीपीको पराकाष्ठा......!)

फेरी आज बल्खु भित्र सिपिहरु गन्हाई रहेछन्,
ती नै गन्धे सीपीको आडमा
पेरिस डाँडेहरु बल्खुको आचारसंहिता बनाई रहेछन्
  नव निर्मित आचारसंहिताको पहिलो झल्को
केन्द्रीय र स्थाई कमिटीको बैठकमा देखियो
सहमतिमा एउटा कुरा लेखियो
तर ब्यबहारमा अर्कै देखियो.
कुहिएको दुर्गन्धित वस्तुलाई
बेलैमा उचित स्थानमा विसर्जन गराऊँ
नत्र हैजा फैलन सक्छ.....
होसियार!!बल्खु बासि हो !
पाँचौ महाधिवेशन पश्चात् झैँ पुन बल्खु मैलिन सक्छ.
पद लुप्त,अवसरवादी,बल्खुको मुटुमा छुरा घोप्नेहरू
  परीक्षाको घडीमा हातमा बुङ्गो बोक्नेहरू
भारी पल्ला पक्षाउदै समर्थनको ताली ठोक्नेहरू
खबरदार!खबरदार!!बल्खु भित्र सीपीको झण्डा बोक्नेहरू
जनताको बहुदलीय जनवाद ओझेलमा पार्न खोज्नेहरू
  जबर्जस्ती नौलो जनवाद अघि सार्न खोज्नेहरू
गोप्य रुपमा पेरिस डाँडा रोज्नेहरू
खबरदार! खबरदार!! बल्खु भित्र सिपि बन्न खोज्नेहरू.......!!
  इतिहासले अहमताको नतिजा पाना पानामा लेखाई दिएको छ
बल्खुले सीपीको वास्तविक औचित्य सर्बांगपारि देखाई दिएको छ
फेरी किन अन्धो भएर गुट-उपगुटका पछि कुदिरहेका छौ??
शत्रुको इसारामा नाच्दै आफू-आफूमै जुधिरहेका छौ???
यो प्रश्न गर्दैछन् आज साह्रा बल्खु बनाउनेहरू
उत्तर देउ बल्खु भित्र सिपि-सिपि गन्हाउने हरू!!!

उमेश निरौला(मुन्ना)
  इनरुवा-३,सोमबारे,
   सुनसरी.  

कसरी मनाउ म प्रेम दिवस ???

झुटो प्रेमको अभिनय गरी,मर्न बनाऊ छन् यहाँ विवश,
यस्तो स्वार्थी संसारमा कसरी मनाऊँ म प्रेम दिवस ?
भ्यालेनटाईनको योगदानलाई विसंगतिको रुप दिई,
विकृतिमा लतपतिएको कसरी मनाऊँ म प्रेम दिवस?
माया भन्ने शब्द जहाँ, सीमित रह्यो शब्दकोशमा,
आभास नभएको शब्दको नाउँमा कसरी मनाऊँ म प्रेम दिवस?
बिकाउ छ माया जहाँ,तौलिन्छ जुन तराजु मा,
राखेर सुन पल्ला माथि कसरी मनाऊँ म प्रेम दिवस ?
घात माथि प्रति घातको प्रतिस्पर्धा छ जगतमा,
नियालेर यो युद्धलाई,कसरी मनाऊँ म प्रेम दिवस ?
छल कपट नै बगेको हुन्छ,स्वार्थी हरुको रगतमा,
धमिलो रगत मुटुबीच बगाई कसरी मनाऊँ म प्रेम दिवस?
भ्यालेनटाईनको बलिदान त्यो,अर्थको नै अनर्थ भो,
खिल्ली उडाउँदै यथार्थताको कसरी मनाऊँ म प्रेम दिवस?
"झुटो प्रेमको अभिनय गरी,मर्न बनाऊ छन् यहाँ विवश,
यस्तो स्वार्थी संसारमा कसरी मनाऊँ म प्रेम दिवस" ?

लेखक
umes
उमेश निरौला(मुन्ना)
इनरुवा-३,सुनसरी,
हाल-दक्षिण कोरिया.