उपचारको लागि दुई लाख नभएर गाऊ गाउँमा गरिब नेपालीहरू अकालमा मरिरहेका छन् । एउटा पार्टीको नेता भएकै कारण उनीहरूका छोरा छोरीले सगरमाथा चढ्न राज्य कोष बाट दुई करोड पाउँछन् । औषधिको मुख हेर्न नपाई अकालमा मरिरहेका गरिवहरुलाई राज्यले वास्ता नगर्ने, नेताका छोरा छोरीको स्वार्थ पुरा गर्न मोज मस्तीको लागि गरिब जनताले तिरेको कर बाट पैसा छुट्याउने, के यहि हो गणतन्त्र ? प्रचण्ड पुत्रले सगरमाथा चड्न राज्यकोष बाट दुई करोड पाउँदा कालिकोटको माईला सुनुवारले सगरमाथा चड्न दुई करोड पाउने कि नपाउने ? प्रचण्ड पुत्र लाई मोज मस्ती गर्न दिने रकम रगत र मृगौला बेचेर आफ्ना सन्तानको दैनिक गुजारा टार्ने गरिब नेपाली लाई किन दिइँदैन ?
राष्ट्रको झण्डा बोकेर देशको नाम र सानको लागि सगरमाथा चढ्नेले सरकारलाई लाखौँ रुपैया रोयल्टी तिर्नु पर्छ, माओवादी पार्टीको झण्डा बोकेर सगरमाथा चढ्न लागेका प्रचण्ड पुत्र प्रकाश दाहाललाई भने उल्टै सरकारले दुई करोड रुपैया सहयोग गर्ने निर्णय गरेछ,मितव्ययिताको फुस्रो मन्त्र जप्दै डाक्टर भट्टराई ले गरेको अधिकार को यो दुरुपयोग तथा श्वेत भ्रष्टाचार प्रति मेरो घोर आपत्ति तथा विरोध छ l
(विशेष धन्यवाद:-स्वतन्त्र नागरिक तथा सूर्य त्रिपाठी ज्यू लाई) भ्रष्टाचारका विरुद्धमा आफ्ना आवाज बुलन्द बनाउँदै निकम्मा भट्टराई सरकारको यो घृणित कदमको सर्वत्र विरोध गरौँ l
उमेश निरौला(मुन्ना)





Korea Time
Nepal Time
