Pages

Subscribe:

Saturday, April 7, 2012

समग्र सिंगो नेपाल

म महाकालीको भाका खोजिरहेकोछु l 
म मेचीको पाखा खोजिरहेकोछु ll

द्व्न्दै द्व्न्दले ग्रस्त मेरो देशमा
म बुद्धका आँखा खोजिरहेकोछु ll

पार्टी-पार्टी र नेता-नेताका बिचमा
दृढ एकताको शाखा खोजिरहेकोछु ll

जनताका प्रतिनिधि सभासदहरु माझ
शान्ति र संविधानको खाका खोजिरहेकोछु ll

ढाली बिलिन भएका स्तम्भहरु छेऊ
म मेरो देशको सिमारेखा खोजिरहेकोछु ll

न मधेशी~~न पहाडी~~न हिमाली
म त समग्र सिंगो नेपालको लेखा खोजिरहेकोछु ll
 
umes
उमेश निरौला(मुन्ना)
इनरुवा-३,सुनसरी.
हाल-दक्षिण कोरिया ll
 

Saturday, March 17, 2012

के यहि हो मितव्ययिता र गणतन्त्र ???

2
उपचारको लागि  दुई लाख नभएर गाऊ गाउँमा गरिब नेपालीहरू अकालमा मरिरहेका छन् । एउटा पार्टीको नेता भएकै कारण उनीहरूका छोरा छोरीले सगरमाथा चढ्न राज्य कोष बाट दुई करोड पाउँछन् । औषधिको मुख हेर्न नपाई अकालमा मरिरहेका गरिवहरुलाई राज्यले वास्ता नगर्ने, नेताका छोरा छोरीको स्वार्थ पुरा गर्न मोज मस्तीको लागि गरिब जनताले तिरेको कर बाट पैसा छुट्याउने, के यहि हो गणतन्त्र ? प्रचण्ड पुत्रले सगरमाथा चड्न राज्यकोष बाट दुई करोड पाउँदा कालिकोटको माईला सुनुवारले सगरमाथा चड्न दुई करोड पाउने कि नपाउने ? प्रचण्ड पुत्र लाई मोज मस्ती गर्न दिने रकम रगत र मृगौला बेचेर आफ्ना सन्तानको दैनिक गुजारा टार्ने गरिब नेपाली लाई किन दिइँदैन ?
राष्ट्रको झण्डा बोकेर देशको नाम र सानको लागि सगरमाथा चढ्नेले सरकारलाई लाखौँ रुपैया रोयल्टी तिर्नु पर्छ, माओवादी पार्टीको झण्डा बोकेर सगरमाथा चढ्न लागेका प्रचण्ड पुत्र प्रकाश दाहाललाई भने उल्टै सरकारले दुई करोड रुपैया सहयोग गर्ने निर्णय गरेछ,मितव्ययिताको फुस्रो मन्त्र जप्दै डाक्टर भट्टराई ले गरेको अधिकार को यो दुरुपयोग तथा श्वेत भ्रष्टाचार प्रति मेरो घोर आपत्ति तथा विरोध छ l
(विशेष धन्यवाद:-स्वतन्त्र नागरिक तथा सूर्य त्रिपाठी ज्यू लाई) भ्रष्टाचारका विरुद्धमा आफ्ना आवाज बुलन्द बनाउँदै निकम्मा भट्टराई सरकारको यो घृणित कदमको सर्वत्र विरोध गरौँ l

उमेश निरौला(मुन्ना)
umes

Wednesday, March 7, 2012

सम्मानित हुँदा को क्षण…........

120305samman hnk1
कोरियाबाट सञ्चालित अनलाइन पत्रिका हेल्लो नेपाल कोरिया डट कमको प्रथम वार्षिकोत्सव कार्यक्रमको अवसरमा नेपाली राजदूतावासको सभा हलमा आयोजित एक समारोहका बीच सो वेभ पत्रिकामा लेख, रचना तथा समाचारहरू पठाएर सहयोग गर्नुहुने पत्रकार तथा साहित्यकारहरूलाई सम्मान गरिएको थियो । यसमा साहित्यकार विधामा म र अमृत अधिकारी लाइ सम्मान गर्नु भएको थियो। सोही क्रममा  नेपाली दूतावास(सउल,दक्षिण कोरिया)का कार्यवाहक राजदूत श्री राजाराम बर्तौला ज्यू बाट कदर पत्र प्राप्त गरेको थिए। हेल्लो नेपाल कोरिया डट कम ले यसरी हौसला बढाइदिनु भएकोमा हेल्लो नेपाल कोरिया डट कम परिवारलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु।
                                                                  उमेश निरौला ( मुन्ना)


उक्त कार्यक्रमको केही यादगार तस्विर हरु

नेपाली दूतावास(सउल,दक्षिण कोरिया)का कार्यवाहक राजदूत श्री राजाराम बर्तौला ज्यू बाट कदर पत्र लिदैं….
umesh

कार्यक्रममा २ शब्द बोल्दै
umesh 4
umesh2
umesh3 
धन्यवाद !

Friday, March 2, 2012

"उपास्नाको बानी"

(पिताम्बर र उमा को छोरी "उपास्ना" को बारेमा दोश्रो सौगात स्वोरुप बर्ष दिनको उपलक्षमा यो सानु उपहार)

418447_10150605083608544_720213543_8917201_1170766553_n[1]

हिजो जन्मे जस्तो लाग्छ,
बर्ष कि भै नानी l
सरसर्ती म केलाउँदै छु,
उपास्नाकै बानी l

तोते बोली सार्है मीठो,
बोल्छे मामु,बाबा l
मुख चलाको देख्नै हुन्न,
बोलि हाल्छे धावा l

आफैं खोसी खान पाए,
सार्है खुशी हुन्छे l
खोस्न आउँदा छक्काइ दिए,
रिसाउँदै रुन्छे l

बामे सरि कुद्न पाए,
खरायोको चाल l
दुइ/चार पाइला हिँड्न थाली,
समाउँदै दिवाल l

पाहुना पासा देख्न साथ,
दर्शन अघि सार्छे l
नक्कल गर्न सिपालु छे,
आँखा झिम झिम पार्छे l

कुकुर भुक्या सुनी भने,
उ पनि, भोउ भोउ गर्छे l
बिरालोले म्याऊँ गरे,
सार मा सार भर्छे l

चिलाउँदा हुन् दाँत बरा,
जे नि टोक्न खोज्छे l
आफू भन्दा ठूला ठूला,
सिराने पनि बोक्छे l

दंग पर्छौं त्यसै हामी,
उनको चर्तिकला हेरी l
सधैं यस्तो कहाँ देख्नु,
हुर्की गए फेरी l

 

umes

उमेश निरौला(मुन्ना)
दक्षिण कोरिया.

Thursday, March 1, 2012

---------" मित्रताको प्रतीक होली "--------

bijay vanja group

स्वच्छ होस बचन अनि मीठो होस बोली.
मित्रताको प्रतिक मानी सबैले मनाऊँ होली.

थरी-थरीका रंगहरु लाई एकै ठाउँमा घोली
मिलीजुली सबले मनाऊ सौहार्दताको होली.

मरी जाने जिन्दगीको दुई दिने यो चोली ,
पवित्र पर्नु आत्मा सबले,शुद्ध पार्नु बोली.

रीस-राग,बैरी-भाव अगेनामा पोली ,
फैलाउँदै जाऊ एक आपसमा एकताको झोली.

स्वछन्दताको प्रतीक हो सबैले मनाऊ होली.
मित्रताको प्रतीक हो सबैले मनाऊ होली.

holi

 

umes

उमेश निरौला(मुन्ना)
दक्षिण कोरिया.

"बाबुराम अब राष्ट्रिय पोसाक धोती बनाऊ"ll.

ढिँडो-गुन्द्रुक हैन अब बाबुराम

राष्ट्रिय खाना दाल-रोटी बनाऊ l

दौरा-सुरवाल हटाई हालेउ बाबुराम

अब राष्ट्रिय पोसाक धोती बनाऊ l


गाई पनि किन चाहियो बाबुराम?

भैँसी पुज्ने क्रान्तिकारी लाई l

महिलाको पोसाक बनाईदेउ मिनिस्कर्ट बाबुराम

हटाई देउ चोलो-साडीलाई l

 

सिम्रिक पनि हैन अब बाबुराम

राष्ट्रिय रँग कालो बनाऊ l

सुक्न न देउ जनताको घाऊ बाबुराम

दिनानुदिन आलो बनाऊ l

 

झण्डा फेर्ने माओवादी एजेन्डा हो बाबुराम

चन्द्र सूर्य अङ्कित झण्डा बदर गराऊ l

धेरै पर किन धाउँछौ बाबुराम ?
 
भारतीय तिरंगा लाई सदर गराऊ l

 

नेपाली भाषा फेरेर बाबुराम

जंगलीको जातै जनाऊ l

सत्ता,कुर्सी टिकाउन बाबुराम

राष्ट्रिय भाषा हिन्दी बनाऊ l

 

डाँफे पनि हैन अब बाबुराम

राष्ट्रिय चरा गिद्ध बनाऊ l

राष्ट्रियता मास्ने सम्भ्रान्ति हुन् बाबुराम

यो कुरालाई सिद्ध बनाऊ ll

 

 

umes

उमेश निरौला(मुन्ना)

इनरुवा-३,सुनसरी ll

(हाल-द.कोरिया)

--------------- सपना ( DREAM ) ------------.

सागर पारी क्षितिजमा आज उनलाई देखे,

चकमन्न मध्ये रातमा सन्देश पनि लेखे l

उर्लिएका छालहरुको विस्तार गर्दा गर्दै,

चन्द्रमा नै बिलिन भयो नजर पर्दा पर्दै l

----------------------------------------------

बर्सौँ पछि स्वोपनिल शहरमा मिलन हुँदै थियो,

मेरो जस्तै उनको पनि आत्मा रुँदै थियो l

स्पर्शमै प्रभात भयो,घण्टी बज्यो टिन्न,

आँखा खुल्दा ओछयानमा,मन भयो खिन्न l

------------------------------------------------

चिप्ला चिप्ला बाचा उनका मनमा गुन्दै थिए,

पल पलका स्मरणको माला उन्दै थिए l

च्वास्स घोच्यो सियोले अनि तप्प चुहियो रगत,

झसङ्ग ब्यूँझिए सपनाबाट शून्य थियो जगत l l

 

 

umes
उमेश निरौला(मुन्ना)

इनरुवा-३,सोमबारे,सुनसरी l

(हाल-द.कोरिया)